
नवौं चरणको अनसनमा रहेका डा गोविन्द केसीका प्रतिनिधि र शिक्षामन्त्री धनिराम पौडेलबीच गएराति भेटवार्ता भएको छ।
केसीका प्रतिनिधिसँग शिक्षामन्त्री पौडेलले भेट गरेका थिए। राति अबेरसम्म मन्त्री निवास हरिहरभवन पुल्चोकमा सो भेट भएको हो। केसीले उठाउँदै आएका माग सम्बोधन तथा अनसन तोड्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री पौडेलका प्रेस संयोजक जनार्दन पोखरेल बताएका छन्।
चिकित्सा शिक्षा सुधारको माग गर्दै १० दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा नवौं पटक आमरण अनसन बसेका केसीको स्वास्थ्य अवस्था गम्भीर भएको प्रति मन्त्री पौडेलले चासो व्यक्त गरेका थिए। माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा विधेयक संसदमा पेस भई छलफलसमेत भइसकेको अवस्थामा पुनः अनसन बस्नु सान्दर्भिक नभएको उनले बताए। मन्त्री पौडेलले आमरण अनसन तोडेर वार्ता र संवादद्वारा समस्याको समाधान खोज्न पनि आग्रह गरेका छन्।
मुख्य विषयमा प्रवेश हुन नपाएको र संसद बन्द भएकाले छलफल गर्नका लागि समस्या पर्ने मन्त्रीले जानकारी गराएका केसीका प्रतिनिधि डा जीवन क्षेत्रीले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्