
हेडक्वार्टर अर्थात पार्टी अध्यक्ष प्रचण्डको हरेक राम्रा/नराम्रा कदममा समेत हतपत्त कुनै पनि माओवादीका सांसदले आलोचना गर्न हैसियत राख्दैनन ।
‘जी /हजुरी’कै शैलीमा चलिरहेको माओवादी पार्टीका अध्यक्षलाई झड्का दिने गरी एक जना महिला सांसद निस्किएकी छिन ।
नेकपा माओवादी केन्द्रकी सांसद दुलाली हरिजन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई समेत झड्का दिने प्रस्ताव संसदमा राखेसँगै हल्लीखल्ली मच्चिएको छ । उनले हिन्दीभाषालाई कुनै हालतमा राष्ट्रिय भाषा मान्न नसकिने बताएकी छन् ।
उनी नवलपरासीबाट प्रतिनिधित्व गर्ने माओवादी सांसद हुन । आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनमार्फत हिन्दीलाई राष्ट्रिय भाषा बनाउने तयारी गरिरहेका बेला व्यवस्थापिका संसदको बैठकमा बोल्दै सांसद दुलाली हरिजनले हिन्दीलाई राष्ट्रिय भाषा नबनाउन सरकारसँग माग गरेकी हुन् ।
हिन्दीलाई राष्ट्रिय भाषा बनाउने प्रचण्ड र निधिको तयारीको विपक्षमा बोल्दै उनले भनिन् ‘हिन्दीलाई कुनैहालतमा राष्ट्रिय भाषाको मान्यता दिन हुँदैन् ।’
बैठकमा पहिलो वक्ताको रुपमा बोलेकी सांसद हरिजनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाएपछि नेपाली भाषालाई पनि भारतले राष्ट्रिय भाषाको मान्यता देला भनी प्रश्न गरिन् ।
उनले अगाडि भनिन्( ‘नेपाली भाषा मात्रै राष्ट्रिय भाषा हुनुपर्छ । हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिइनु हुँदैन ।’यसअघि कांग्रेस सांसद देवनारायण कलवारले संसदबाटै हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माग गरेका थिए ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्