
काठमाडौँ – नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) को दोश्रो बैठक आजदेखि भारतको नयाँदिल्लीमा सुरु हुँदैछ ।बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकुल संशोधन तथा पुनरावलोकनको एजेण्डालाई प्रमुखताका साथ उठाउने तयारी गरेको छ ।
तीन महिनाअघि नेपालमा बसेको समूहको बैठक समूहका सदस्यबीच परिचयमै सीमित भएको थियो । नेपालले पहिलो बैकठमै १९५० को सन्धि पुनरावलोकनमा जोड दिन चाहेको थियो । तर, त्यतिबेला भारतीय पक्षले उक्त विषयमा प्रवेश गर्न चाहेको थिएन ।
समिति सदस्य तथा सांसद् राजन भट्टराईले सन्धि पुनरावलोकन आफूहरुको पहिलो एजेण्डा भएको बताए । उनका अनुसार उक्त सन्धिमा रहेको हतियार तथा सैन्य सामग्री खरिद गर्दा नेपालले भारतको अनुमति लिनुपर्ने तथा आफ्नो प्राकृतिक साधन/स्रोतको उपयोग गर्दा भारतको सहमति लिनुपर्ने असमान प्रावधान नेपालले फेर्न चाहेको छ । भारतमा भने उक्त सन्धि पुनरावलोकन गर्ने कि नगर्ने भन्नेमा विवाद छ ।
समूहका नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, निलाम्बर आचार्य, राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय छन् । यस्तै भारतका तर्फबाट सांसद भगतसिंह कोसियारी, नेपालका लागि भारतका पूर्वराजदूत जयन्तप्रसाद, महेन्द्र पी लामा र प्राध्यापक बिसी उप्रेती छन् ।
- काठमाडौँ टूडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्