
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ- यतिबेला लोकमानसिंह कार्की प्रकरण उत्कर्षमा छ । ठूला भ्रष्टाचार काण्डमा नेताहरुको संलग्नता सम्बन्धी फाइल अगाडि बढाउन खोजेपछी चौतर्फी राजनीतिक घेराबन्दीमा परेका लोकमानसिंह कार्की निलम्बनमा परेपनि अखित्यारले दुइ ठूला भ्रष्टाचार काण्डको फाइल खोलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख दीप वस्नेतको अगुवाईमा एमाले र माओवादी नेताहरुको संलग्नतामा भएका ठूला भ्रष्टाचार काण्डको फाइल झिकिएको खबर अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार एमाले र माओवादीका शीर्ष नेतासहितको संलग्नतामा मनमोहन कलेज र लडाकू शिविर भ्रष्टाचार प्रकरणमा भएको अरबौंको भ्रष्टाचार काण्डको फाइल अगाडि बढाउने सबै तयारी आयोगका निमित्त प्रमुख वस्नेतले पूरा गरेका छन् ।
यसअघि सत्तासमीकरण नै परिवर्तन, अव के हुन्छ ?
यसअघि यहि प्रकरणको फाइल अगाडी बढाउन खोज्दा भारतको डिजाइनमा सट्टा परिवर्तन भएको जानकारहरु बताउँछन् । हालका प्रधानमन्त्री प्रचण्ड, नेता कृष्णबहादुर महरा लगायतको संलग्नतामा भएको अरबौंको भ्रष्टाचार प्रकरणको फाइल यसअघि अख्तियारले खोल्न खोजेपछि आफुलाई जोगाउन माओवादी नेता कृष्णबहादुर महरा भारतको शरणमा पुगेको सरोकारवालाहरुको दावी छ । अहिले पुन: उक्त प्रकरणको फाइल अख्तियारले झिक्ने भएपछी दर्जनौं माओवादी तथा एमाले नेताहरु जेल जान सक्ने देखिएको छ ।
अख्तियार स्रोत भन्छ, ‘लोकमान रहुन् वा नरहून्, भ्रष्टाचारीहरुलाई छाडिन्न’
यता अख्तियार स्रोतले भने लोकमान सिंह कार्की रहे वा नरहेपनि भ्रष्टाचारीलाई नछाडिने बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै अख्तियारका एक अधिकारीले बहने ‘अब एकदुई दिनमै खोलिएका फाइलसम्बन्धी मुद्धा विशेष अदालतमा दायर हुनेछ । लोकमान रहून् या नरहुन्, तर राजनीतिक आवरणमा अरबौंको ब्रम्हलुट गर्नेहरुलाई छाडिन्न ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्