
काठमाडौं – घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधरणको सामान नियन्त्रणमा लिएर बिक्री गर्ने एक व्यक्तिलाई मोरङ प्रहरीले शनिबार विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर १६ का २२ वर्षीय धनकुमार थारुले आफू प्रहरी भएको भन्दै व्यापारी तथा उद्योगीहरुसँग महिनावारी असुल गर्ने गरेको प्रहरी स्रोतको दाबी छ।
उनले जोगमनीबाट सामान ल्याउने व्यापारीसँग मैनावारी रकम असुल गर्ने गर्दथे। ‘म घुमुवा प्रहरी हुँ भन्दै रकम माग्ने र रकम नदिने, व्यापारीको सामान खोसेर बखरीस्थित प्रमोद मण्डलको घरमा पसल गर्ने अवधेश कामतलाई नियमित बिक्री पनि गर्थे ।
स्थानीय व्यापारीले जोगमनीबाट सामान लिएर आउँदै गर्दा उनले नियन्त्रणमा लिएका थिए। त्यसपछि शंका लागेर स्थानीयले गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले छानविन गर्दा उनी नक्कली घुमुवा भएको प्रमाणित भएको थियो। उनलाई ठगी, लुटपाट तथा सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्