
- अर्थ सरोकार सम्बाददाता
ढुवानी हुन नसक्दा जिल्लाका काशीगाउँ, केरौँजा, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत, छेकम्पार, उहिया, गुम्दा र लाप्राकलगायत १४ गाविसमा चामलको अभाव हुँदै आएको छ ।दुर्गम भेगका जनताले सहुलियत दरमा चामल उपभोग गर्न पाउन् भन्दै सरकारले गुम्दाको माछाखोला र सिर्दिवासको फिलिममा खाद्य संस्थानको डिपो सञ्चालन गर्दै आएको छ । तर दसैँको मुखमा आएर डिपो रित्तै छ, सिर्दिवासकी कुमारी गुरुङले भने, ‘दसैँ आइसक्यो घरमा चामल छै, डिपोमा पनि रहेनछ ।’
एक महिनादेखि डिपो रित्तो हुँदा खाद्यान्न लिन आएका स्थानीय खाली हात घर फर्कन बाध्य भएका छन् । स्थानीय बजारमा ३० केजी चामलको रु तीन हजार ४०० पर्ने भएपछि उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीय समस्यामा परेका छन् ।
संस्थानले माछाखोला डिपोमा दुई हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि जम्मा ८४२ क्विन्टल मात्र खाद्यान्न ढुवानी गरेको थियो भने फिलिममा तीन हजार क्विन्टल ढुवानी गर्नुपर्नेमा नौ सय क्विन्टल चामल मात्रै ढुवानी भएको गोरखास्थित खाद्य संस्थानका प्रमुख टेकप्रसाद रेग्मीले जानकारी दिए ।
सदरमुकामको गोदाममा एक वर्षदेखि चार हजार २२ क्विन्टल खाद्यान्न थुप्रिएपनि डिपोमा ढुवानी हुन सकेको छैन् । दुर्गममा चामलको ढुवानी गर्न गङ्गाजमुना निर्माण सेवाले ठेक्का पाएपनि बाटो असजिलो भएको भन्दै खाद्यान्न ढुवानी गरेको छैन ।
खाद्यान्न ढुवानी नगरेपछि संस्थानले गङ्गाजमुना निर्माण सेवाबाट तीन लाख धरौटी जफत गरिसकेको छ । भूकम्पपछि अवरुद्ध मनास्लु पदमार्गमा नियमित रुपमा खच्चड सञ्चालन गर्न नसक्दा खाद्यान्न ढुवानी गर्न नसकिएको संस्थानको कार्यालय गोरखाले जनाएको छ । उत्तरी भेगमा सडकको पहुँच छैन ।
हेलिकाप्टरबाट ढुवानी गरेर भए पनि चामलको अभाव भएका क्षेत्रमा वितरण गर्नेबारे छलफल भइरहेको छ, प्रजिअ नारायण भट्टले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गरेर भएपनि डिपोसम्म चामल ढुवानी गर्ने तयारी भइरहेको छ ।
कुराकानी सकियो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्