Skip to content
LAXMI SUNRISE BANK

वन क्षेत्रको लागी विशेष अभियान सुरु गर्दैछु : वनमन्त्री

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले सरकारले वन क्षेत्रको संरक्षणका लागि विशेष अभियान थालनी गर्न लागेको बताएका छन् । 
काठमाण्डुको सामाखुसीस्थित रतनपुर काठमाण्डु मिलन समाजले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्बत तथा छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफूले वन क्षेत्रमा नयाँ ढङ्गले काम गर्ने प्रतिवद्धताका साथ अघि बढेको जानकारी दिए । सो अवसरमा उनले छात्रछात्रालाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष शेषकान्त पण्डित, विष्णुहरि पण्डित, समाजका पूर्व अध्यक्ष बाबुराम ढकाल तथा सन्तोष पण्डितलगायतका वक्ताले गाउँको विकासलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेका थिए । रासस

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK