×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगो नेपालीलाई स्तव्ध पार्ने तीन तस्विरस् यही देख्न ल्याइएको थियो गणतन्त्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिंगो नेपालीलाई स्तव्ध पार्ने तीन तस्विरस् यही देख्न ल्याइएको थियो गणतन्त्र

Artha Sarokar

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लोकमान सिंह कार्की मनकामना मन्दिर दर्शन गर्न जाँदा प्रहरीलाई उनको गोडा धुन लगाए । प्रहरी प्रमुख    दुर्जकुमार राई चन्द्रागिरी जाँदा प्रहरी जवानलाई आफ्नो जुत्ताको तुना बान्न लगाएको निरशलाग्दो दृश्य सार्वजानिक भयो ।

यो भन्दा पनि अर्को उराठलाग्दो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

शनिबार अर्थात सार्वजनिक विदाका दिन हेलिकप्टरमा चढेर राष्ट्रपति विद्या देवी भण्डारी आफ्नी दुई छोरी उषाकिरण र निशाकुसुमका साथ सप्तरीको सखडास्थित छिन्नमस्ता भगवती मन्दिरमा पूजाआजा गर्न सरकारी सेना, सशस्त्र, नेपाल प्रहरीका सुरक्षाटोलीसहित त्यहा पुँगेकी हुन् ।

हेलिकप्टर अवतरण भएसँगै उक्त मन्दिर पुग्न करिव दुई सय मिटर पैंदल यात्रा गर्नुपर्दथ्यो ।

राष्ट्रपति भण्डारी अनि दुइ छोरीहरुका पछि पछि तालिमप्राप्त कुकुरसहित सेना परिचालन भएका थिए । दुई सय मिटर पैदल यात्रा पछि उनीहरु भगवती मन्दिरमा पूजाआजा गर्न लागिरहँदा चार जना जवान सेनाले हातमा तीन जोर जुत्ता चप्पल समाइरहेका थिए ।

ती सेनाहरुले दुई सय मिटरको यात्रादेखि नै जुत्ता चप्पल बोकेका थिए । राष्ट्रपति भण्डारी मन्दिरमा आउँने थाहापाएपछि त्यहाँ पुगेका सञ्चारकर्मीहरुले उक्त दृश्य खिच्न खोज्दा सेनाका उच्च अधिकारीले रोक लगाएका थिए ।

 एस काठमाडौंवाट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी