Skip to content
LAXMI SUNRISE BANK

चुरोट तथा सूर्तीजन्य पदार्थको बट्टामा अनिवार्य रुपमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्नु पर्ने नभए उत्पादन बन्द गर्नुहोस् : स्वास्थ्य मन्त्री

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले चुरोट तथा सूर्तीजन्य पदार्थको बट्टामा कानुन अनुसार अनिवार्य रुपमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्नु पर्ने बताएका छन् । 
‘ऐन तथा कानुनमा भएका कुरा कसैले पनि मान्दिन भन्न पाउँदैन,’ उनले भने, ‘त्यसकारण कानुन अनुसार सबै चुरोट तथा सूर्तीजन्य पदार्थ उत्पादकले अनिवार्य रुपमा ९० प्रतिशत चेतावनीमुलक सन्देश छाप्नुपर्छ । कसैले छाप्न मान्दैन भने उत्पादन बन्द गरे हुन्छ ।’
नसर्ने रोगको प्रमुख कारक चुरोट तथा सूर्तीजन्य पदार्थ भएकाले यसको नियन्त्रण तथा नियमन आवश्यक रहेको बताउँदै मन्त्री थापाले आगामी वर्ष करको दायरा समेत बढाउने बताए । उनका अनुसार चुरोट तथा सूर्तीको प्रयोगमा कमी ल्याउन विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले सूर्तीजन्य पदार्थको क्षेत्रमा नेपालले गरेको कामको प्रशंसा गर्दै अन्तराष्ट्रिय अवार्ड समेत पाएको भन्दै यसको पूर्ण कार्यान्वयन तर्फ सरकार अगाडी बढीरहेको जानकारी दिए ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले ९० प्रतिशत चेतावनीमुलक सन्देश छाप्नुपर्ने कानुन कार्यान्वयन फितलो रहेको बताए । उनले विदेशी कम्पनीहरुले उक्त कानुन अनुसार चित्र छापे पनि नेपाली कम्पनीहरुले नै यसको अटेर गरीरहेको जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK