×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोल्टी होटलमा बन्यो प्रचण्ड सरकार ढाल्ने गोप्य ‘गेम प्लान’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोल्टी होटलमा बन्यो प्रचण्ड सरकार ढाल्ने गोप्य ‘गेम प्लान’

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार बनेको दुइ महिना पुरा नहुँदै अर्को राजनीतिक खेल शुरु भएको छ । सत्तारुढ कांग्रेस भित्रैको एक समुह, मधेसवादी दल, राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बीचमा सरकार परिवर्तनको लागि गोप्य छलफल र भेटघाट बाक्लिन थालेको छ ।
गत शुक्रबार राजधानीको सोल्टी क्राउन प्लाजामा नेताहरुबीच गोप्य छलफल भएको खुलाशा भएको छ । छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भिम रावल, मधेसवादी दलका अधिकांश नेताहरु सहभागी थिए ।
उनीहरुबीचको छलफलपछि मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई संविधान संशोधनको लागि कार्तिक १५ सम्मको अल्टिमेटम दिएको थियो । सोही दिन बेलुका मधेसी मोर्चाले प्रचण्ड सरकारलाई अल्टिमेटम दिएको थियो । ‘हामीले यो सरकारलाई कार्तिक १५ सम्मको म्याद दिएका छौँ,’ छलफलमा सहभागी एक नेताले भने,‘यो सहभागीताले अर्को राजनीतिक अभ्यासको संकेत गर्दछ ।’
प्रचण्ड नेतृत्वको सरकार बन्न मधेसी मोर्चाले सहयोग गरेपनि पछिल्लो समय संविधान संशोधनको मुद्दा अगाडी नबढेपछि मोर्चाले समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ । प्रचण्ड सरकार ढाल्ने खेल भइरहेको खबर भने बालुवाटारमा पुगिसकेको छ । संसदीय राजनीतिको सबैखेलहरु सिक्दै गरेका प्रचण्ड भने कांग्रेस माओवादी सम्बन्धको भविष्य जोगाउन ‘रणनीतिक’ योजना बनाउँदै छन् ।

कांग्रेस माओवादी खटपट
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पछिल्लो समय खटपट बढेको छ । कांग्रेस भित्रको चौतर्फी दबाव झेल्न नसकेपछि सभापति शेरबहादुर देउबाले राज्य मन्त्री थप्न प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले मन्त्री मण्डल नबढाउँने संकेत गरेपछि पार्टी भित्रै दोउबालाई दबाब बढेको छ । केही नेताहरुले यो सरकारमा आफूले मन्त्री नपाए सरकार नै नरहने धम्की देउबालाई दिइसकेका छन् । देउबाकै टेकोमा बनेको प्रचण्ड नेतृत्वको सरकारलाई देउबाले नै साथ दिएनन् भने प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित छ ।
त्यसो त कांग्रेस वरिष्ठ नेता शेखर कोइराला यो सरकार ढालेर नयाँ सरकार बनाउँने कसरतमा लागिसकेको बताइन्छ । यसअघि परराष्ट्र मन्त्रीमा कोइरालाको नाम चर्चामा थियो । पार्टी सभापति देउवासँग उनले आफूले परराष्ट्र पाए मात्रै मन्त्री बन्ने बताएका थिए । तर, देउवाले कोईरालालाई पाखा लगाउँदै अर्का नेता प्रकाशशरण महतलाई परराष्ट्र मन्त्री बनाएपछि पार्टी भित्र उनले तिब्र असन्तुष्टि राख्दै आएका छन् ।
त्यसैगरी देउवाको पेलानमा रहेको पौडेल समुहले पनि प्रचण्ड नेतृत्वको सरकार प्रति असन्तुष्टि पोख्दै आएको छ । पार्टी भित्र मन्त्री बनाउँदा भागबन्डा गरिएको थियो । तर, सभापति देउवाले एकतर्फि पेलेर अगाडी बढेको पौडेल समुहको निष्कर्श छ ।
माधव र झलनाथ किन बम्किए प्रचण्डसँग ?
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्ड नेतृत्वमा सरकार बनाउँन एमाले भित्रैको एउटा समुह पनि सहयोगी बनेको थियो । विश्वस्त स्रोतका अनुसार एमाले वरिष्ठ नेता माधव नेपाल र प्रधानमन्त्री प्रचण्डकोबीचमा गोप्य सम्झौता समेत भएको थियो । तर, पछिल्लो समय प्रचण्डले आफूसँग भएको सम्झौतालाई प्राथामिकता नदिएको माधव नेपालको गुनासो छ । यता झलनाथ खनाल पनि माधव नेपालको गुनासोमा समर्थन गर्दै ‘बरु माधव नेपालकै नेतृत्व’मा सरकार बनाउँने पक्षमा छन् ।
सोल्टी होटलको गोप्य भेलामा समेत यो सरकार ढालेर माधव नेपाल नेतृत्वमा सरकार बनाउँन एक नेताले माग गरेका थिए । तर, त्यति सजिलै प्रचण्ड सरकार ढाल्न नसकिने भन्दै मधेसी मोर्चाकै एक नेता कड्कीएका थिए । उनले यो सरकार नढल्दै अर्को ‘ललिपप’को आशा नगर्न माधव नेपाललाई आग्रह गरेको स्रोतको दाबी छ । यता एमाले भित्र माधव समुहका कार्यकर्तामा भने अर्कै चर्चा छ । केही दिन अघि माधव नेपालले प्रचण्डलाई फोन गरेका थिए । फोनमा उनले सरकारको हालखबर सोधेका थिए । एमालेका एक केन्द्रीय नेताका अनुसार प्रचण्डले माधव नेपालसँग सहयोग मागेको खण्डमा उनी जस्तो सुकै सहयोग गर्न तयार छन् ।
गत शुक्रबार नै माधव नेपाल पार्टीको कार्यक्रममा भाग लिनको लागि उनी इन्डोनेशिया उडिसकेका छन् । उनका स्वकिय सचिवालयका एक कर्मचारीका अनुसार सोल्टी होटलमा फरक खालको कार्यक्रम भएको थियो । त्यहाँ सरकार बनाउँने वा गिराउँने कार्यक्रम भएको होइन,’ उनले भने, ‘सार्कको छुट्टै कार्यक्रम थियो ।’ तर, सार्क स्तरिय मन्त्री तथा सचिवहरुको छलफलको बहानामा मधेसी दलका नेता पनि त्यहाँ पुग्नु र त्यहि दिन प्रचण्ड सरकारलाई मधेसी मोर्चाले अल्टिमेटम दिनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले तिहार पछि नै यो सरकार ढल्न सक्ने खतरा देखाउँदै आएका छन् । वासिङ्ट डिसी स्थित नेपाली राजदूतावासमा माओवादी निकट नेपाली नागरिकलाई प्रचण्ड नेतृत्वको सरकारबारे विभिन्न भित्री खेल भइरहेको आफूलाई थाहा भएको बताएका थिए ।
  • दियो पोस्ट 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी