
- अर्थ सरोकार सम्बतदाता
हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । जिविसले यहाँबाट बाहिरिने एउटा भेडाच्याङ्ग्राका लागि रु ६५ का दरले व्यवसायीबाट कर असुली गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घासामा रहेको उक्त कर सङ्कलन केन्द्रका अनुसार, घटस्थापनाको दिनसम्म २० हजार ९७२ वटा भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका हुन् ।
बेनी–जोमसोम सडकखण्ड हुँदै व्यवसायीले देशका विभिन्न जिल्लामा भेडाच्याङ्ग्रा आपूर्ति गरिरहेका छन् । जिविसका खरिदार एवम् कर सङ्कलन केन्द्रका प्रमुख राजेन्द्र सामन्तले असोज ८ गतेबाट भेडाच्याङ्ग्रा निकासी सुरु भएको बताए । “अब जिल्लाबाट लगभग यति नै भेडाच्याङ्ग्रा बाहिरिन्छ, तिहारको पूर्वसन्ध्यामा थोरै सङ्ख्यामा जाने गर्दछ”, सामन्तले भने– “घटस्थापनाको दिनमात्रै पाँच हजार २०० भेडाच्याङ्ग्रा बाहिरिए ।”
जिविसले भेडाच्याङ्ग्राबाट रु १३ लाख ६५ हजार कर सङ्कलन गरेको जनाएको छ । यहाँबाट आएका भेडाच्याङ्ग्रा कम्तीमा रु २५ हजारमा बजारमा किनबेच भइरहेको छ । यसवर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाविसका भेडापालक कृषकको गोठमै व्यापारी पुगेर दसैँलाई खरिद गरी ल्याएका हुन् । पछिल्ला तीनवर्षयता दसैँमा बजारमा हुने मासुको मागलाई जिल्लामै उत्पादित भेडाच्याङ्ग्राले पूर्ति गरिरहेको छ । “यसवर्ष डोल्पाबाट केही भेडाच्याङ्ग्रा भित्रिएको देखिएको छ” – पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा नन्दलाल जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्