- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । मंगलबारको कारोबारमा प्रति तोला ५७ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल सुन अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।
तेजावी सुन भने प्रति तोला ५६ हजार ४ सय ५० रुपैयाँले कारोकार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ३० रुपैयाँ चाँदी घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ११ रुपियाँ ५० पैसा कायम गरिएको छ।