×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्दो क्रममा छ सुनको मूल्य

LAXMI SUNRISE BANK

घट्दो क्रममा छ सुनको मूल्य

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य सातको तेस्रो दिन मंगलबार पनि घटेको छ   । सोमबारको  कारोबारमा प्रति तोला ५७  हजार ९  सयमा  कारोबार भएको छापावाल सुन  आज मंगलबार तोलामा १  सयले घटेर प्रति तोला ५७  हजार ८  सयमा कारोबार भई रहेको छ ।   त्यस्तै तेजावी सुन प्रति तोला ५७  हजार ५   सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।
चाँदी भने हिजो कै मूल्य प्रति तोला  ८ सय ६०   रुपैयाँमा कारोबार  भईरहेको छ।  
नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ५ सय ५५   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३  सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी