Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

दशैँ  पछि सुनचाँदीको मूल्य स्थिर रहेको छ।  दशैँ बिदाको अन्तिम दिन शुक्रबार ५६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज साताको पहिलो दिन आइतबार  पनि प्रति तोला ५६ हजार रुपैयाँ मै  कारोबार भईरहेको छ ।  
त्यस्तै तेजाबी सुन प्रति तोला ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   त्यस्तै चाँदी प्रति तोला ८ सय १० मा कारोबार भई रहेको छ । 
दशैँ अघि सुनको मूल्य निरन्तर घटेको  थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएपछि त्यसको प्रभाबले नेपालमा पनि सुनको  मूल्य घटेको हो । दसैँको समयमा कारोबार  भने बढेको  नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार पछिल्ला बर्षहरुमा दशैँ, तिहार, विवाह लगायतका सिजनको समयमा दैनिक ३० किलो सुनको कारोबार हुने भए पनि मूल्य उच्च भएका कारण कारोबारमा नकारात्मक प्रभाव परेपछि यस वर्ष करिब ४० किलो दैनिक व्यापार भइरहेको छ ।     
 नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७  हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९५ रुपैयाँ कायम गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK