साताको चौथो दिन बुधबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । मंगलबार प्रति तोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा १ सयले बढेर प्रति तोला ५६ हजार २ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रति तोला ५५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी भने स्थिर रहदै प्रति तोला ८ सय १० मा कारोबार भई रहेको छ ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९५ रुपैयाँ कायम गरिएको छ।