Skip to content

सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

Dish Home

अर्थ सरोकार

साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य स्थिर छ भने चाँदीको बढेको छ । सोमबार  प्रति तोला ५६ हजार ५  सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज मंगलबार पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ ।  
त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार २   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी  प्रति तोला ८ सय १० मा कारोबार भई रहेको छ ।  यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले बढी हो।
नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ४ सय ४०   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार २  सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९४  रुपैयाँ ५० पैसा  कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्