साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ३ सयले बढेर प्रति तोला ५६ हजार ८ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रति तोला ५६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी प्रति तोला ८ सय १५ मा कारोबार भई रहेको छ । यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले बढी हो।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ६ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरिएको छ।