Skip to content

आज पनि घट्यो सुनको भाउ

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य बिहिबार ४  सयले घटेको छ   । बुधबारको  कारोबारमा प्रति तोला ५६   हजार ७  सयमा  कारोबार भएको छापावाल सुन  आज बिहिबार प्रति तोला ५६   हजार ३   सयमा कारोबार भईरहेको छ ।

छापावाल सुन अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।

त्यस्तै तेजावी सुन प्रति तोला ५६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी भने तोलमा १० रुपियाँले घटेर प्रति तोला  ८ सय २०  रुपैयाँमा  किनबेच भईरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार २   सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार ५५   रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३ रुपियाँ  ५०  कायम गरिएको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्