Skip to content

सुनको मुल्यमा गिरावट

Dish Home

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य  शुक्रबार ३ सयले घटेको छ ।बिहिबारको कारोबारमा प्रति तोला ५६ हजार ३ सयमा  कारोबार भएको छापावाल सुन आज शुक्रबार  प्रति तोला ५६   हजारमा कारोबार भईरहेको छ ।

छापावाल सुन अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ । एक सातामा सुनको मुल्यमा ३ हजारले गिरावट आएको छ 

त्यस्तै तेजावी सुन प्रति तोला  ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी भने तोलामा १० रुपियाँले घटेर प्रति तोला  ८ सय १०  रुपैयाँमा  किनबेच भईरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७  हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९५ रुपैयाँ कायम गरिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्