Skip to content
LAXMI SUNRISE BANK

गुगल सर्चको अध्यनबाट मासिक ५० हजार कमाइ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटमा गुगल सर्च गरेर हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरी मासिक ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । 
करिब एकवर्षदेखि इन्टरनेट प्रयोग गरी उनले  हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेका हुन्। एक बिगाहा क्षेत्रफलमा हाँस तथा टर्कीको फार्म सञ्चालन गरेका पाण्डेय पहाडी जिल्ला पाल्पामा समेत हाँस र टर्की पालन व्यवसायमा सफल बन्दै यस क्षेत्रकै नमुना बनेका छन्।
एक वर्षअघिदेखि सुरु गरेका पाण्डेयले  एक हजार ५०० हाँसको रेखदेख र २०० टर्कीको चल्ला हुर्काउन सफल भएका छन् ।
पाण्डेयले नयाँ नयाँ जातका कुखुराको अध्ययन र अनुसन्धान गरिरहेका छन्। उनका अनुसार टर्कीको मासुको खपत सहज रुपमा हुन्छ र पोखरा, बुटवल, काठमाडौँमा बिक्री पनि हुनेगर्दछ ।
सुरुमा टर्कीको चल्ला फ्रान्सबाट ल्याएर व्यवसाय सञ्चालन गरेका पाण्डेय अहिले पोखराबाट टर्कीको चल्ला ल्याउदछन्। 
पहिलो पटक जिल्लामै यति धेरै हाँस पालन गरेका पाण्डेयले मेहनत कम धेरै आम्दानी लिन सकिने व्यवसाय रहेको बताउँछन्। हाँसको रोग प्रतिरोधात्मक शक्ति बढी हुने र कम क्षति हुने हुँदा यसबाट राम्रो फाइदा लिन सकिने उनले दाबी गरे।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK