Skip to content
LAXMI SUNRISE BANK

गुदेल स्वास्थ्य चौकिले आयोजना गर्यो घुम्ती सेवा ,दुर्गम गुदेलबासि लाभान्वित,

अर्थ सरोकार

  • कृष्णा चौलागाई /अर्थ सरोकार डटकम 
काठमाडौं – सोलुखुम्बु जिल्लाको गुदल गाँउ विकास समितिमा गुदेल स्वास्थ्य चौकिको आयोजना, प्राथमिक स्वास्थ्य केन्द्र सोताको साझेदारी तथा हिमाली स्वास्थ्य तथा वातावरणिय सेवा सोलुखुम्बु र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको संयुक्त सहयोगमा ग्रामिण भेगका गर्भवति महिलाहरुलाई लक्षित गरि भिडियो एक्स रे सेवा प्रदान गरिएको हो ।
 जिल्लाकै अति विकट मानिने यस गाँउ विकास समितिमा पहिलो चरणमा ३७ जना गर्भवति महिलाले गर्भ जाँच गराएका छन । उक्त कार्यक्रमले विशेष गरी दुर्गम क्षेत्र  भएको नव शिशु मृत्युदर तथा मातृ मृत्युदर उल्लेख्य मात्रामा कमि आउने जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुले दाबि गरेको छ । 
सडकको पहुच नपुगेका कारण गर्भजाँचका लागि करिब ३ दिन पैदल हिडेर सोता वा सदरमुकाम सल्लेरी जानुपर्ने बाध्यात्मक अवस्था रहेका थियो ।  यसरी सञ्चालन गरिएको घुम्तिी कार्यक्रमले स्थानिय स्तरमा नै गर्भ जाँच गराई लिन लाभ  युदेल स्वाथ्य चौकीका प्रमुख राम बहादुर खत्रीले जानकारी दिनु भयो । यस कार्यक्रमले विशेष गरी यस क्षेत्रमा भएका नव शिशु मृत्युदर तथा मातृ मृत्युदर उल्लेख्य मात्रामा कमि आउनेमा हामी विस्वस्थ छौ  उनले भने ।  
 गर्भावस्थामा आफु आफ्नो गर्भमा रहेको बच्चाको अवस्था बारे जानकार भै यस अवधिमा हुन सक्ने समस्या लाई ध्यानमा राखि समयमै समाधानको निम्तिी पहल गर्न यसले ठुलो मदत पुग्नेमा स्थानियबासी समेत विस्वस्त रहेका छन् । यो कार्यक्रम त्रैमासिक रुपमा यस क्षेत्रमा सञ्चालन हुने स्रोतले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK