×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपति र पूर्वराजाको कार्यक्रम एकैदिन एकै ठाउमा हुने,

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रपति र पूर्वराजाको कार्यक्रम एकैदिन एकै ठाउमा हुने,

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – कात्तिक ४ गते एउटा संयोग मिल्न लागेको छ । नेपालबाट विस्थापित भईसकेको हिन्दू राज्यलाई पुनस्र्थापना गर्न माग गर्दै राजधानीमा बिहीबार दुई हिन्दूवादी संगठनहरूको बृहद् भेला अर्थात् महासम्मेलन हुँदैछ । वनकालीमा बिहीबार बिहान ११ बजे विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा विराट हिन्दू महासम्मेलन सुरू हुँदैछ । ३ दिनसम्म चल्ने उक्त महासम्मेलनलाई पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार नै काठमाडौंको खुल्लामञ्चमा अन्तर्राष्ट्रिय सनातन बैदिक आर्य महासम्मेलनको पनि आयोजना हुँदैछ । हिन्दूबादी कार्यक्रमको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै छिन् । राष्ट्रपतिद्वारा उक्त कार्यक्रमको उद्घाटन गर्ने तय भएको मंगलबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उक्त सम्मेलनले भने वैदिक धर्म पुर्नस्थापना गरी वैदिक बाङ्मयको विकास तथा हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि दबाब दिने उद्देश्य बोकेको बताईएको छ । दुबै कार्यक्रम ४ गतेदेखि ३ दिनसम्म चल्ने छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी