
काठमाडौँ – पशुपतिको वनकालीमा भोलिदेखि विराट हिन्दु सम्मेलन सुरु हुने आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिले जनाएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले यही कात्तिक ४, ५ र ६ गते सम्म चल्ने विराट हिन्दु सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने जानकारी गराएको हो ।
कार्यक्रममा हिन्दुराज्य प्रजातन्त्र पार्टीका महासचिव रविन्द्र पौडेलले राजाविनाको देश र आँखा बिनाको मान्छे एउटै भएको बताउँदै भने, ‘राजा नेपालीहरुको आँखा हो, त्यस्तै देश अर्को आँखा । त्यसैले समय छँदै सबैले हिन्दुराज्य र नेपालको राजसंस्थाको बारेमा गहन छलफल गर्नुपर्छ ।’
त्यस्तै लिक नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्र बस्नेतले वर्तमान शासनसत्ताले देशलाई विखण्डनको मार्गमा लिएको बताउँदै भने, ‘राजसंस्था वाहेक हाम्रो देशमा अरु कुनै शक्तिले शान्ति र स्थायित्व कायम गर्न सक्दैन, नेपाल हिन्दुराज्य कायम गरिएन भने न त चीनलाई फाईदा हुन्छ न भारतलाई नै हुन्छ ।’
उनले साना राजनीतिक दलहरूलाई सानो शक्तिको रुपमा नलिन प्रमुख दलहरूलाई आग्रह समेत गरे ।
सम्मेलन मुल समारोह समितिका संयोजक किशोरी महतोले राष्ट्रगुरु योगीनाथ नरहरी र स्व.पूर्वराजा वीरेन्द्र शाहको दुर दृष्टिसँगै महान बिचारले सिञ्चित भूमिमा जन्मीनु र बाँच्न पाउनु गर्वको कुरा भएको बताउदै पछिल्ले समय मुलुकमा अनेक असहजता सिर्जना भैरहेकोमा गुनासो पोखे ।
उनले धर्मको नाममा नेपालीहरू किनबेच हुने कार्य दुःखद् रहेको भन्दै सच्चा नेपालीले आफ्नो धर्म परिवर्तन गर्न नहुने बताए । महतोले संविधान सभाको नाममा राजतन्त्रलाई बाईपास गर्ने काम भएको बताउँदै विराट हिन्दु सम्मेलनले देशको समसामयिक स्थितिको बारेमा गहन वहस गर्ने र तालुमा आलु फलाउने जिकिर गरे ।
३५ दलिय मोर्चाको आयोजनामा सम्पन्न हुने उक्त विराट हिन्दु सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागि हुने आयोजकले जनाएको छ । सम्मेलन भोलि देखि सुरू हुने र कार्तिक ६ गते सम्म चल्ने आयोजक मुल समारोह समिति जानकारी दिएको छ ।
विराट सम्मेलनले ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी गरिएको छ । उनले राजतन्त्रको अन्त्य भएपछि पहिलो पटक यसै सम्मेलनमार्फत सार्वजनिक रुपमा औपचारिक सम्बोधन गर्दैछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्