×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई गुच्छा कपालको मूल्य ४० हजार डलरमा बिक्रि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुई गुच्छा कपालको मूल्य ४० हजार डलरमा बिक्रि

Artha Sarokar

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 एजेन्सी – तपाईं आफूलाई मन परेको सेलिब्रेटीको सामान किन्न पाउँदा कति रकम तिर्न तयार हुनुहुन्छ ? भर्खरै अभिनेतृ मर्लिन मुनरोको अलिकति कपालको मूल्य उनका एक फ्यानले ४० हजार डलरमा किनेका छन् ।
लस एन्जलसस्थित जुलियन्स अक्सन हाउसमा मुनरोको दुई गुच्छा कपाल सो मूल्यमा बिक्रि भएको हो । न्युयोर्कका ३१ वर्षीय व्यापारी रेमी गंगरोसाले सो रकम तिरेर मुनरोको कपाल किनेको बताइएको छ । कपाल किनिसकेपछि गंगरोसाले आफू मर्लिन मुनरोको विरासतको एक पाटो बन्नका लागि उनको कपाल किनेको प्रतिक्रिया दिए ।
गंगरोसाले आफूले मुनरोको कपाल किनेलगत्तै त्यसलाई बेच्नका लागि आग्रह गरेको जनाएका छन् । तर आफूले त्यसलाई नबेच्ने उनले बताए ।
जुलियन्स अक्सन हाउसले सेलिब्रेटीहरुका सरसामान लिलामीमा राखेर उच्च मूल्यमा बेच्ने गरेको छ । त्यसबाट प्राप्त रकम च्यारिटीमा खर्च हुने बताइन्छ । जुलियन्स अक्सनले यसअघि माइकल ज्याक्सन, एल्भिस प्रिस्ले, विलियम स्यान्टरका सामानहरु लिलामी मार्फत बेचिसकेको छ। यसले मोजादेखि मृगौलाको पत्थरीसमेत बेच्ने गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी