
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा नेपाली काग्रेंसका प्रभावशाली नेता एवंम स्वास्थ्यमन्त्री गगन थापाले अवको छ महिनाभित्र नेपालमा नै कलेजो प्रत्यारोपण गर्ने भन्दै आफ्ना योजनाहरु प्रस्तुत गरेका हुन् । नेपालमा कलेजो प्रत्यारोपण गर्ने सुविधा छैन त्यसकारण भारत जानुपर्ने बाध्यता हटाउन थापाले सो कदम चालेका हुन् ।
उनले स्वास्थ्यसेवा सम्बन्धिका भावी महत्वकांक्षी योजनाहरु पनि सार्वजनिक गरेका छन् । स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य सेवा विस्तारका लागि तीन महिनाभित्र थप एक सय १० सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने र छ महिनाभित्र पाँच सय स्वास्थ्य चौंकीमा नसर्ने रोगको प्रारम्भिक परिक्षण ल्याब निर्माण गर्ने बताएका छन् ।
स्वास्थ्यमन्त्री थापाले छ महिनाभित्रमै प्रत्येक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न लगाउँने समेत दावी गरेका छन् ।
त्यस्तै तत्काल लोकसेवा आयोगलाई जानकारी गराएर केन्द्र, क्षेत्र, उपक्षेत्र, अञ्चल र जिल्लमा गरी जम्मा देशमा हाल चार सय विशेषज्ञ चिकित्सकलाई बढाउँन लागि आवेदन खुल्ला गर्ने थापाको आगामी योजना रहेको छ ।
उनले सरकारी अस्पतालको बहिरंग सेवालाई सुधार गर्दै बिहान १०–५ बजेसम्मको सेवा अनिवार्य सञ्चालन गर्न निर्देशन दिएका छन् । थापाले तीन महिना भित्र अस्पतालमा टिकट काट्ने मानीसहरुको भीड कम गराउन टोकन सिस्टम लागू गर्ने र केन्द्रीय अस्पतालदेखि सबै प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रोनिक मेसिन जडान गर्ने प्रतिवद्धता जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्