
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सरकारले मुलुकभरका बाढी पहिरो पीडीतका लागि प्रतिपरिवार थप पन्ध्रहजार रुपैया उपलब्ध गराउने भएको छ। बिहिबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले गत वैशाख देखि यताका मुलुकभरका बाढी पहिरो पीडीत परिवारलाई प्रतिपरिवार थप १५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारले उनीहरुलाई यसअघि नै प्रतिपरिवार १० हजार रुपैया उपलब्ध गराईसकेको छ। जिल्ला स्थित दैवीप्रकोप उद्धार समितिले पहिचान गरेका बाढी पीडीतहरुलाई प्रति परिवार थप १५ हजार रुपैया दिने निर्णय भएको सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिएका छन्।
त्यसैगरी बैठकले सहसचिवहरुको कार्यदक्षता रेकर्ड राख्ने गठन गरिएको नेतृत्व मुल्यांकन समितिमा पुर्व सचिव मधुरमण आचार्य र सुरश मान श्रेष्ठलाई नियुक्त गरेको छ। त्यसैगरी सरकारले चाडबाडमा बन विनास बढी हुने गरेको तथ्याङलाई अघि सार्दै यस बर्ष दशैका बेला पनि मुलुकभरका बनपालेलाई सम्बन्धीत मन्त्रालयबाट नै तलब उपलब्ध गराई काममा लगाउने भएको छ। मुलुकभर बन संरक्षणका लागि ४ सय ५० जना बनपाले कार्यरत छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्