×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमानी–पारस ‘प्याचअप’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ आश्विन २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

हिमानी–पारस ‘प्याचअप’ !

काठमाडौं । दरबारका खास मान्छे भएपछि सर्वसुख भोगी हुन्छन् भन्ने किम्वदन्ती मात्र होइन, यथार्थ नै देखेका छन् नेपालीले । यस्तै सुखभोगमा सक्रिय पात्र हुन्, पारस शाह । उनको सुखभोग र उदण्डता सबैका आँखा अगाडि छन् ।
त्यति मात्र होइन, उनको पारिवारिक अवस्था बिग्रिनुको कारण पनि यही नै बन्यो । पारस उता थाइल्यान्डमा मोजमस्तीमा रमाउँदा उनकी श्रीमती पूर्वयुवराज्ञी हिमानी शाहले यता हिमानी ट्रस्टका नाममा सामाजिक काम थालिन् । शालीन सुन्दरताकी धनी हिमानीसँग पारसको सम्बन्ध बिग्रिएपछि उनी सामाजिक काममा सक्रिय रहेकी थिइन् । तर, मनै त हो नि साइँली भने जस्तो देखिएको छ, यी दुईको सम्बन्धमा । 
नेपाल आएर पनि निर्मल निवासमा बास नपाएका पूर्वयुवराज पारस शाह र युवराज्ञी हिमानीको पुनः प्याचप भएको हल्ला चलाइएको छ । 
चार दशकको उमेर टेकेकी हिमानीको जन्मदिन मनाउने क्रममा सोल्टी होटलमा दुवै जना हात समाएर नाचेको जनाइएको छ । लागुऔषध प्रयोगमा लागेका पारस राजतन्त्र हट्नासाथ नेपालमा निरन्तर बसेका थिएनन् । उनका ‘मल्टि अफेयर’का कारण हिमानीसँग सम्बन्ध बिग्रिएको थियो । 
बिरामी भएर थाइल्यान्डमा लामो समयसम्म बसेका पारस प्रेमिका केन्निका च्यान्ससँग थाइल्यान्डमा लामो समयसम्म रोमान्समा रुमल्लिएका थिए । तर, लागुऔषधको प्रयोग र कारोबारमा नै उनी मुछिएर थाइल्यान्डको प्रहरी हिरासतमा परेपछि हिमानीसँगको उनको सम्बन्ध सुध्रिन थालेको बताइएको थियो । हिमानी पारसलाई छुटाउन र भेट्न अघिल्लो वर्ष थाइल्यान्ड पुगेकी थिइन् । त्यसबेला आफ्नी प्रेमिकालाई छाडी बानी सुधार्नुपर्ने सर्त हिमानीले पारसँग जेलमा नै राखेको चर्चा चलेको थियो ।
गत वर्षको फागुन पहिलो साता हिमानीले पारसलाई त्यहाँ भेटेकी थिइन् । २९ माघ ०७१ का दिन हिमानी पारसलाई हिरासतमुक्त बनाउन बैंकक पुगेकी थिइन् । पारस त्यहाँको उदुकखानीको जेलमा थिए । गत वर्षको दसैंमा प्रेमिकासहित उनी नेपाल आउने तयारीमा थिए । 
तर, पूर्वराजा ज्ञानेन्द्रले आउने अनुमति नदिएपछि उनी लागुऔषध काण्डमा जेलमा बस्नुपरेको थियो । अहिले दुवैको सम्बन्धमा सुधार भइसकेको दबारीयाले जनाएका छन् । ‘उहाँहरू हिमानी ट्रस्टको कार्यक्रममा एकसाथ देखिनुभएको हो, सम्बन्ध सुधार भइसकेको छ ।’, दरबार स्रोतले भन्यो, ‘युवाराजले अहिले ट्रस्टका लागि पनि सहयोगीको काम गरिरहनुभएको छ ।’
चार महिनादेखि पारस नेपालमा आफ्नो सन्तानसहित साथीसँग रमाउन थालेका छन् । हरेकपटक आर्थिक, सामाजिक, राजनीतिक र राजसंस्थाको प्रतिष्ठा गिराउन सक्रिय रहेको भनी ज्ञानेन्द्रले पारसलाई नेपाल आउने अनुमति दिएका थिएनन् । अन्तिम मौकाका रूपमा ज्ञानेन्द्रमार्फत २१ लाख रुपैयाँ बैंकक पठाएर हिमानीले छुटाएपछि उनी नेपाल आएका थिए । 
नेपाल आएपछि अहिले उनी सुधारिएको व्यवहार देखाउन थालेका छन् । नेपालमा रहँदा पनि कहिले कलाकार, कहिले राजनीतिक पार्टीका नेताहरूका सन्तान, परिवारसँग टसल पर्ने गरेका कारण पारसको बदनामी बढ्ने गरेको थियो । पारस अहिले परिवारसँग नजिक मात्र भएका छैनन्, उनी सामाजिक सञ्जालमा पारिवारिक र सामाजिक काममा पनि सक्रिय भएको देखाउन थालेका छन् । -जनप्रहार साप्ताहिक 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: