Skip to content
LAXMI SUNRISE BANK

वर्षा र पहिरोको कारण दशै पछि बल्ने मेवाखोला हाइड्रोपावरको बत्ती

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – जिल्लामा सञ्चालन हुन लागेको मेवाखोला हाइड्रोपावरको काम वर्षा र पहिरोको क्षतिका कारण केही समय पछि धकेलिएको छ । असोज दोस्रो साताभित्र बत्ती बाल्ने घोषणा गरेर काम अगाडि बढाइएको भए पनि वर्षा र पहिरोका कारण दसैँपछिका लागि धकेलिएको हो ।

आयोजनाको प्रवद्र्धक साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले लगातारको वर्षापछि झरेको पहिरोले हाइड्रोपावरको ५५ मिटर क्यानल भत्काएको, मेसिन ‘टेस्टिङ’ र ‘कमिसनिङ’का लागि झिकाइएका चिनियाँ विज्ञको टोलीलाई निर्माणस्थलसम्ममा पु¥याउन नसक्दा काठमाण्डुबाटै फिर्ता पठाउनुपरेको लगायतका कारण बत्ती बाल्ने योजना केही समयपछि धकेलिएको जानकारी दिएका छन्।

समुदाय र बैंकको करिब २१ करोड ५० लाखको लगानीमा पूरा हुने हाइड्रोपावरबाट उत्पादित बत्तीलाई नेपाल विद्युत् प्राधिकरणको बुइपास्थित सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोड्ने काम मात्र बाँकी रहेको प्रबन्ध निर्देशक राईले जानकारी दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK