
- अर्थ सरोकार सम्बाददाता
इलाम- उन्नती समावेसी परियोजना अन्तर्गत इलाम जिल्लाको पूर्वी क्षेत्रको फिक्कल–गुप्ति–नयाँबजार सडक स्तर उन्नतीको ठेक्का नागार्जुन कन्स्ट्रक्सन कम्पनीले पाएको छ । आवेदन परेका कुल ६ कम्पनीहरुलाई पाखा लगाउँदै नागार्जुनले उक्त ठेक्का पाएको हो । जिल्ला बिकास समिति इलाम अन्तर्गतको जिल्ला प्राबिधिक कार्यालयले ठेक्का नागार्जुनलाइ दिने अन्तिम निर्णय गराएर सम्झौताका लागि आउन सार्वजनिक सुचना समेत निकालिसकेको छ ।
आर्थिक चलखेलको कुरा के हो ?
यता उक्त ठेक्का गजुरमुखी निर्माण सेवालाई पर्नुपर्ने भन्दै केहि निर्माण व्यवसायीहरुले यो ठेक्का प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । ‘सडकको स्तरउन्नतीका लागी गजुरमुखी निर्माण सेवाले भ्याट बाहेक ११ करोड ९४ लाख ५ सय ५१ रुपैंयाँमा ‘बिडीङ’ गरेको थियो भने नागार्जुनले भ्याट बाहेक १२ करोड ९ लाख ६१ हजार ४ सय ९१ रुपेंयाँमा ‘विडीङ’ गरेको थियो । तर काम नागार्जुनलाइ परेपछि हामी अचम्ममा परेका छौं ।’ इलामका एक निर्माण व्यवसायीले अर्थ सरोकार डटकमसँग भने । यता उक्त ठेक्का प्रक्रियामा आर्थिक चलखेल भएको खबर इलामको एक पत्रिकाले समेत प्रकाशित गरेको छ छ । गजुरमुखी निर्माण सेवाको सबै कागजात भएको भएपनि ठेक्का नागार्जुनलाई परेपछि इलामका केहि निर्माण व्यवसायीहरुले उक्त ठेक्का प्रक्रियामा आर्थिक घोटाला भएको आरोप लगाएको खबर उक्त पत्रिकाले छापेको छ ।

यता इलामकै केहि निर्माण व्यवसायीहरुको भनाइ भने बेग्लै छ । ‘गजुरमुखी निर्माण सेवाका कतिपय कागजात पुगेको थिएन । जीविस अन्तर्गतको प्राविधिक कार्यालयले अपुग भएको कागजात ल्याउनु भनी गजुरमुखी निर्माण सेवाका प्रतिनिधिलाइ भनेको थाहा पाएपछि हामीले ठेक्का प्रर्कियामा कागजात बुझाउने समय सक्किएपछी त्यस्तो गर्न मिल्दैन’ भनेर विरोध गरेपछि उसको कागजात नपुगेकाले ठेक्का नागार्जुनलाइ परेको हो । यहाँ कहिँ आर्थिक चलखेल भएको छैन । ठेक्का नपाएको झोकमा बजारमा यस्तो हल्ला चलाइएको मात्र हो ।’ अर्का एक निर्माण व्यवसायीले अर्थ सरोकार डटकमसँग भने । ‘ अनि कम मूल्य त गजुरमुखीकै थियो नि, ठेक्का कसरी नागार्जुनलाइ पर्यो त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘पहिला कागज पुग्नु पर्यो नि ! अनि पो रेटको कुरा आउँछ त । त्यसमाथि रेटलाई मात्र आधार बनाएर टेन्डर पर्छ भन्ने कुरा गलत हो । अरु धेरै कुरा पनि हेर्ने गरिन्छ। ‘ उनले भने ।
के भन्छ प्राविधिक कार्यालय ?
यसबारे बुझ्न हामीले जिल्ला बिकास समिति इलाम अन्तर्गतको जिल्ला प्राबिधिक कार्यालयमा फोन गर्दा अर्थ सरोकार डटकमसँग कोहि पनि बोल्न चाहेनन् । ‘ठेक्का नियमत: नागार्जुनलाई परेको हो । यसबाहेक हामी केहिपनि भन्न सक्दैनौं ।’ कार्यालयका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । यता प्राबिधिक कार्यालयका प्रमुख ओमराज ढुङगानालाई सम्पर्क गर्न खोज्दा उनको फोन निरन्तर अफ छ ।’
निर्माण व्यवसायी नै भन्छन्, ‘जिविसले सुचना चुहाएर झन् अफ्ट्यारो बनाएको हो’
यता इलामकै केहि निर्माण व्यवसायीहरुले भने जीबिसले नै भित्री सुचना चुहाउने गरेकाले यस्तो समस्या भएको बताएका छन् । ‘उक्त सडक स्तरउन्नतीको काम गजुरमुखी निर्माण सेवाकै जिम्मा हुनेभयो भन्दै एकदिन अघि सम्म प्राबिधिक कार्यालय प्रमुख ओमराज ढुङ्गानाले सार्वजनिक रुपमै बताउँदै आएका थिए । एकासी अर्कैलाई काम पर्यो भन्ने सुनेपछि जसले पनि शंका गरीहाल्छ नि ! कार्यालयभित्र के भइरहेको छ, कसलाई टेन्डर पर्छ जस्ता कुराहरु कानुनत: भन्न मिल्दैन । ओमराज ढुंगानाले नै यस विषयमा बदमासी गरिदिनाले समस्या भएको हो ।’ इलामकै एक अर्का निर्माण व्यवसायीले भने ।
कानुनी उपचारमा जाने गजुरमुखीको तयारी !
उक्त ठेक्काको बिषयलाई लिएर गजुरमुखी निर्माण सेवा कानुनी उपचारमा जाने तयारीमा रहेको कम्पनीका सञ्चालक दिपक गौतमले बताएको इलामबाट प्ताकाषित हुने पत्रिका इलाम एक्प्रेसले जनाएको छ । प्राबिधिक कार्यालयका प्रमुख ओमराज ढुङगाना र इञ्जिनियर हुतराज चौहानका बिरुद्ध बिभागिय कार्वाहिको लागि पनि प्रकृया थालिएको कम्पनी स्रोतले बताएको छ ।
यता नागार्जुननिकट स्रोतले भने आफुले नियमसब्बत तरिकाले काम गरेकाले कुनै पनि कानुनी प्रक्रियामा जान कुनै पनि कम्पनीलाई छुट भएको बताएका छन् । उक्त सडकखण्डको सुधारसँगै पूर्वीक्षेत्र फिक्कल–पशुपतिनगर–गोर्खे नयाँबजार–नामसालिङ्ग–सोयाङ्ग–प्याङ्ग–जोगमाई लगायतका आधा दर्जन गाविसका बासिन्दालाई सडक सुविधा पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्