
एजेंसी – काश्मिरमा केही महिनादेखि चलिरहेको तनावको कारण जम्मु–काश्मिरमा भारतीय प्रशासनले स्थानीय पत्रिका प्रकाशनमा गरेको अवरोधको अधिकारकर्मीले विरोध गरेका छन् ।
काश्मिरको अंग्रेजी दैनिक पत्रिका ‘द काश्मिर रिडर’ को प्रकाशन भारतीय अधिकारीको अवरोधका कारण आइतबारदेखि बन्द भएको छ ।
काश्मिरमा चलेको तनावपछि भारतीय प्रशासनले पत्रिकाको प्रकाशन बन्द गराएका हुन् । भारतीय अधिकारीले पत्रिकाले हिंसालाई उकास्ने काम गरेको आरोप लगाएका छन् ।
प्रशासनको कार्यले स्वतन्त्र पत्रकारिताको अधिकारमा प्रहार भएको अधिकारवादी समूहले बताएका छन् ।श्रीनगरबाट चारवर्षदेखि प्रकाशन हुँदै आएको ‘द काश्मिर रिडर’ स्थानीय स्तरमा लोकप्रिय पत्रिका हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्