
पाकिस्तानले जम्मू-कश्मीरको राजौरी जिल्लाको नौशेरा सेक्टरको नियन्त्रण रेखामा आज फेरी संघर्ष विरामको उल्लंघन गर्दै गोली चलाएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भरतीय रक्षा मन्त्रालयका प्रवक्ताले पाकिस्तानले आज बिहान ५ बजे ३ स्थानमा गोली चलाएको आरोप लगाएका हुन्। उनले पहिले पाकिस्तानी सेनाले साना हतियारले फायरिंग गरेको र पछि मोर्टार प्रयोग गरी गोली हानेको बताएका छन्।
भारतीय सेनाले पनि समान हतियारले त्यसको जवाफ दिएको बताईएको छ । गोली हानाहानमा कोहि हताहत भएका छैनन् । पाकिस्तानले हिजो पुंछ जिल्लामा नियंत्रण रेखामा जबर्जस्ति फायरिंग गरेको र ५ जना घाइते भएको र केहि पसल नष्ट भएको भरतीय मिडियाले जनाएका छन्।
भारतले पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकपछि पाकिस्तानले संघर्ष विरामको उल्लघं गर्दै फायरिंग गरेको यो छैठौ पटक भएको भारतले दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्