Skip to content
LAXMI SUNRISE BANK

युद्धमा भारतलाई अमेरिकी र पाकिस्तानलाई चीनको साथ

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  भारत र पाकिस्तानको युद्धको चर्चामा भारतलाई अमेरिका र पाकिस्तानलाई चीनले साथ दिएका छन् । चीन र अमेरिका लडाईको पहिलो मोर्चामा आफु होमिनु भन्दा भारत र पाकिस्तानको लडाईमा आफ्नो शक्ति परिक्षण गर्न चाहन्छन् ।
समग्रमा भारत–पाकिस्तान तनाव एशियाली भूमिमाथिको युद्ध सुरुवातको संकेत हो । 
आफुसंग सीमा जोडिएका दुवै देश भारत–पाकिस्तानसंगको सम्पर्कमा हुँदा हुँदै पनि भारतले पाकिस्तानमाथिको स्ट्राईक सर्जिकल वारे चिनलाई नभई अमेरिकालाई जानकारी दिएकोमा असन्तुष्ट भइ त्यसको जवाफ बह्मपुत्रको सहायक नदिको पानीमा रोक लगाएर दिएको छ ।
भारत पाकिस्तान तनावका वीच इस्लामावादले आणविक प्रयोगसम्म पुग्ने आशय व्यक्त गरेपछि अमेरिकाले पाकिस्तानलाई जिम्मेवार बन्न चेतावनी दिएको छ । 
लडाईको भूमी जसको डिजाइनमा भएपनि वेइजिङ घाटामा छैन । काश्मिरको लडाईले उसलाई थप सजिलो वनाएको छ । अमेरिकाले जसको काँधमा राखेर वन्दुक पड्काउन चाहन्छ त्यसको विपरित अर्को धुर्व वेईजिङले वोकेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK