×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतले नै झिक्यो पाकिस्तान संगको वार्ताको कुरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भारतले नै झिक्यो पाकिस्तान संगको वार्ताको कुरा

Artha Sarokar

५ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बातादाता 

भारतले पाकिस्तानसँग भविष्यमा कूटनीतिक तहमा सम्बादका लागि आफू तयार रहेको बताएको छ । तर त्उसको मिति र समय भने आफूले छनोट गरेको समयमा हुने जनाएको छ । भारत र पाकिस्तानको तनाव संवादद्वारा समस्या समाधान गर्न अन्तर्राष्ट्रिय दबाब परिरहेको समयमा भारतीय विदेश सचिव एस जयशंकरले विगतमा पाकिस्तानसंग संवाद गरेको र भविश्यमा पनि संवादका लागि तयार रहेको बताएका छन् ।
तत्कालका लागि भने विदेश सचिवस्तरमा समेत वार्ता गर्ने हाम्रो कुनै पनि क्यालेण्डर नभएको बताएका छन् । भारतले विगतमा पनि सर्जिकल आक्रमण गरेको तर त्यसलाई सार्वजनिक नगरेको आफ्ना सदस्यहरुलाई जानकारी गराएका छन् । उनले यसपटकको सर्जिकल आक्रमणको एउटै फरक के भने भारत र पाकिस्तानको बीचमा तनाव भइरहदा भारतीय प्रधानमन्त्री नरेन्दै मोदीले भारत युद्धबाट बुद्धमा सिफ्ट हुन चाहन्छ भन्दै पाकिस्तानसंग संवादको संकेत गरेका थिए । पछिल्ला दिनहरुमा दुई देशको सिमानामा तनाव केही कमी आएकाृे छ ।
मोदीले युद्धबाट बुद्धमा जान चाहेको बताएका थिए । गत महिना २७ तारिखमा भारतले सर्जिकल आक्रमण गरेपछि दुई देशबीचमा तनाव उत्पन्न भएको थियो । यसै हप्ता गोवामा आयोजित ब्रिक्स तथा बिमस्टेक सम्मेलनमा भारतले सीमापार आतंकवादलाई निकै हाइलाइट गरेको थियो । उसले ब्रिस सम्मेलन पश्चात भारत कूटनीतिक रुपमा एक्लो भएको समेत बताइएको थियो । भारत र पाकिस्तान तनावकै कारण दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कको शिखर सम्मेलन समेत स्थगित भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी