Skip to content
LAXMI SUNRISE BANK

भारत प्रबुद्ध समूहको बैठक आज सकिँदै

अर्थ सरोकार

नेपाल(भारत प्रवुद्ध समूहको बैठक बुधबार सकिँदैछ। मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको बैठकमा नेपालले औपचारिक रुपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संसोधनको प्रस्ताव गरेको छ। 
सन्धीमा उल्लेख गरिएका प्रावधानहरुमध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामाग्री आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्ने विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव गरेको हो। समूहका नेपालतर्फका संयोजक कुटनीतिज्ञ डा। 
भेषबहादुर थापाले अब सन्धी संशोधनबारे दुई देशबीच छलफल सुरु भएको बताए। सन्धी संशोधन गरी दुवै पक्षलाई कसरी स्वीकार्य बनाउन सकिन्छ भन्ने विषयमा समूहको बैठकमा थप छलफल हुने बताइएको छ। नेपाल र भारतबीच भएका सन्धी सम्झौता पुनरावलोकनको सिफारिस गर्न प्रवुद्ध समूह गठन गरिएको हो। समूहको तेस्रो बैठक काठमाडौंमा बस्नुअघि दुवै पक्षका प्रस्तावबारे आ(आफ्ना ढंगले तयारी र छलफलहरु हुनेछन्। समूहको पहिलो बैठक काठमाडौंमा भएको थियो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK