
काठमाडौँ – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ ।
भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल आएको भारतीय टोली र परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल भएको हो ।
परराष्ट्रका एक अधिकारीका अनुसार शिष्टाचार महापालको नेतृत्वमा आएको भारतीय टोलीले नेपालका समकक्षीको टोलीसँग भ्रमण तयारीबारे जानकारी लिएका थिए । ‘कुनै पनि देशको विशिष्ट व्यक्तिको भ्रमण अघि गरिने यो सामान्य औचारिक प्रक्रिया हो,’ परराष्ट्रका एक अधिकारीले भने, ‘उहाँहरूलाई हामीले भ्रमणबारे भइरहेको तयारीको जानकारी गरायौँ ।’
ती अधिकारीका अनुसार टोलीले राष्ट्रपतिले भ्रमण गर्ने भनिएको पोखरा, जनकपुरलगायत स्थानको अवलोकन भ्रमण गर्नेछन् ।
परराष्ट्र मन्त्रालयनिकट स्रोतका अनुसार भारतीय पक्षबाट राष्ट्रपतिको भ्रमणका लागि करिब चार सयको संख्यामा भारतीय कमान्डो टोली पनि आउने छन् ।
‘सुरक्षा खतरा वा त्यस्तो कुनै विशेष परिस्थिति भनेर होइन कि प्रोटोकलको कारणले हो,’ परराष्ट्रका ती अधिकारीले भने, ‘एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला पनि करिब दुई सयको संख्यामा कमान्डो टोली खटिएको थियो ।’
- गोरखापत्र दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्