
एजेन्सी – चीनले तिब्बत हुँदै भारततर्फ बग्ने ब्रम्हपुत्रको सहायक नदी रोके लगत्तै चीन र भारतबीचको सम्बन्धमा समेत थप खट्पट देखिने संकेत देखिएको छ ।
काश्मिरमा सर्जिकल स्ट्राइक सञ्चालन गरेलगत्तै चीन लगायत विश्वका मुलुकहरुले त्यसको जवाफ मागिरहेको बेला भारतले चीनसँग जोडिएको अरुणाञ्चल प्रदेशमा समेत हवाई सेनालाई सतर्क रहन निर्देशन दिएपछि यस्तो संकेत देखिएको हो ।
चीन र पाकिस्तनबीच विवाद चर्किरहेकै बेला चीनले भारतविरोधी गतिविधि गरेको आशंकामा अरुणाञ्चलमा वायुसेनाको स्तरोन्नतीमा बृद्धि गर्ने कामलाई समेत तिब्रता दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।भारतीय वायु सेनाका पूर्वी एयर कमाण्डका प्रमुख हरिकुमारलाई उदृत गर्दै सो क्षेत्रमा वायू सेनाको क्षमता अभिवृद्धि गर्ने कामलाई तिव्रता दिइएको जनाइएको छ ।
यसअघि यो क्षेत्रमा वायु सेनाको स्तरवृद्धि गर्ने काम निकै ढिलो गतिमा भएको थियो, चीनका पछिल्ला गतिविधिहरुका कारण यो कामलाई तिव्रताका साथ अघि बढाइएको बताइएको छ ।
भारत–पाकिस्तान सीमामा केही दिनअघि आतंकवादीहरु घुसेर भएको सैनिकहरुमाथिको आक्रमणप्रति चिन्ता जनाउँदै कमाण्ड प्रमुख हरिकुमारले भनेका छन्, ‘हामीले भने अपरम्परागत युद्धको तयारीभन्दा राज्यले दिएको नीतिअनुसार आफ्नो तयारी गर्नुपर्छ, जहाँकी सत्रु सेनाले हामीसँग मुकाबिला गर्न नसककोस् ।’ अरुणाञ्चल प्रदेश पनि भारत–चीनको विवादास्पद क्षेत्रको रुपमा चिनिने गर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्