×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको समर्थनमा विज्ञप्ति जारी गराउन दूतावास सक्रिय

LAXMI SUNRISE BANK

भारतको समर्थनमा विज्ञप्ति जारी गराउन दूतावास सक्रिय

१६ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- भारतले थालेको ‘आतंकवाद विरुद्धको अभियान’मा साथ दिन नेपालका राजनीतिक पार्टीहरु भित्र काठमाडौंस्थित भारतीय राजदूतावासले लविङ थालेको छ । उच्च स्रोत अनुसार दूतावासले पाकिस्तानसँग अहिले भारतको चलिरहेको द्वन्द्वको सन्दर्भमा भारतको समर्थनमा पार्टीहरुलाई विज्ञप्ति जारी गराउन पहल गरिरहेको छ ।
भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतीय दूतावास सक्रिय भएपछि नेपालका केही पार्टीहरुले भारतको पक्षमा समर्थन जनाउने अभियान थालेका छन् । यसमा अग्रपंक्तिमा देखिन लागेका छन् मधेस आधारित दलहरु ।
भारत काश्मिरको उरीमा भएको आक्रमणमा १७ जना भारतीय सैनिक मारिएको घटनाको विरोधमा तराई मधेश सद्भावना पार्टी (तमसपा) ले आज एक विज्ञप्ति जारी गरेको छ । असोज २ मा भएको घटनाको विरोधमा १४ दिनपछि यो पार्टीले विज्ञप्ति जारी गर्नु अर्थपूर्ण मानिएको छ ।
पार्टी अध्यक्ष महेन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा मारिएका भारतीय सैनिक जवानहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘भारतीय जनता र सरकारले आतंकवादविरुद्ध जारी राखेको अडान र संघर्षप्रति आफ्नो नैतिक समर्थन रहेको’ लेखिएको छ ।
कतिपय जानकारहरुले अब अन्य मधेस आधारित पार्टीले पनि भारतको समर्थनमा विज्ञप्ति जारी गर्ने आँकलन गरेका छन् ।

  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी