Skip to content
LAXMI SUNRISE BANK

भारतीय मिडियाको दाबी, ‘युद्धको तयारीमा पाकिस्तान’

अर्थ सरोकार

एजेन्सी– पाकिस्तानले आफ्नो सबै एयरस्पेशमा विदेशी कमर्शल एयरलाइन्सको कम उचाई वाला उडान रोकेको छ । पछिल्लो सोमबार ३३ हजार भन्दा कम उचाईको विमानलाई कराचीमा रोकेको पाकिस्तानले यसपटक लाहौरमा २९ हजार उचाइभन्दा कम उडान बन्द गरेको हो ।
पाकिस्तानले एयरमेनलाई यसबारे जानकारी दिएको र उडान बन्द गर्नुको कारण ‘अपरेशन’ भएको भारतीय मिडिया न्युज २४ ले जनाएको छ ।
पाकिस्तानमा रहेका लडाकु विमानको उडानमा कुनै बाधा नआओस् भनेर उसले यसो गरेको सो मिडियाले भारतीय विमान चालकलाई स्रोत बनाएर उल्लेख गरेको छ ।
भारतका कारण पाकिस्तानले सो चाल चालेको उल्लेख गर्दै भनिएको छ, ‘राजस्थान र गुजरात सीमाबाट कराची नजिक छ भने लाहौर जबमु–कश्मीर र पंजाबको नजिक छन् । त्यसैले पाकिस्तान यस्तो गर्दै छ । ’ उरी घटनापछि भारत र पाकिस्तानबीच युद्धस्तरकै तयारी भइरहेको समाचार बाहिर आइरहेका बेला भारतीय मिडियाले यस्तो दाबी गरेको हो ।

  • काठमाडौँ टूडे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK