
- अर्थ सरोकार सम्बातादाता
संसदमा लोकमान सिंह कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै लोकमानलाई जोगाउन भारतीय राजदुतावास सक्रिय भएको छ ।नेपालस्थित भारतीय राजदूत रणरित रे र भारतीय गुप्तचर संस्थाका अधिकारीले लोकमान बचाउन प्रधानमन्त्रीदेखि दलका नेता भेटेका पनि छन् ।
भारतीय राजदूत रणजित रायले बिहीबार र शुक्रबार समेत प्रधानमन्त्रीसँग भेटेर काँग्रेस–माओवादीबीचको सत्ता समीकरणमा खटपट आउँछ कि आउँदैन भन्ने चासो राखेका छन् । स्रोत भन्छ भारतीय प्रतिनिधिले नेताहरुसँगको भेटमा लोकमानको जागिर जान लागेकामा भन्दा काँग्रेस–माओवादी गठबन्धन भत्कन्छ कि भन्नेमा बढी चिन्ता गरेको पाइएको छ ।
स्रोतअनुसार लोकमान हटाउनुस् या राख्नुस् यसमा हाम्रो चासो छैन’, राजदूत रेको भनाइ उद्धृत गर्दै बालुवाटार श्रोतले भन्यो, ‘तर, एमालेसँग तपाईंहरु मिलेको राम्रो भएन ।’ उनले लोकमान हटाउनेसँगै एमालेसँग आगामी दिनमा सहकार्य गर्ने भित्री सहमति भएको हो कि होइन भन्ने जिज्ञाशा पटकपटक राखेका थिए ।
नेकपा माओवादी केन्द्रका एक प्रभावशाली केन्द्रीय कार्यालय सदस्यका अनुसार लोकमान प्रकरणमा सत्तारुढ काँग्रेससँग सहमति नै नगरी विपक्षी एमालेसँग मिलेर लोकमानसँग महाअभियोग लगाएकामा प्रधानमन्त्री र उनको पार्टीसँग भारत असन्तुष्ट बनेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्