×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय राष्ट्रपतिको भ्रमणले दुबै देशबीचको सम्बन्ध अझ सुमधुर हुन्छ ‘ निधि’

PRIME CA
GLOBAL IME BANK

भारतीय राष्ट्रपतिको भ्रमणले दुबै देशबीचको सम्बन्ध अझ सुमधुर हुन्छ ‘ निधि’

१३ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारी सन्दर्भमा आज जानकारी लिएका छन् ।
गृहमन्त्री निधिलाई जानकी मन्दिरका महन्त रामतपेश्वरलाल दास र सहायक महन्त रामरोशन दास तथा प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाँईले दर्शन र नागरिक अभिनन्दनको तयारीको व्यवस्था र सुरक्षाबारे जानकारी गराएका थिए ।
सो अवसरमा गृहमन्त्री निधिले पत्रकारसँग कुराकानी गर्दे भारतीय राष्ट्रपतिको भ्रमणले दुबै देशबीचको सुमधुर सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक, भोगौलिक सम्बन्ध जनस्तरमा भएकाले भारतीय राष्ट्रपतिको भ्रमणले हरेक क्षेत्रमा राम्रो प्रभाव पार्ने पनि उनले बताए ।
उनले जनकपुरमा यसअघि भारतीय राष्ट्रपति निलम सञ्जीवा रेड्डी र ज्ञानीजेल सिंहको भ्रमण भइसकेको चर्चा गर्दे राष्ट्रपति मुखर्जीकोसमेत जनकपुर भ्रमणको अवसर जनकपुरवासीले पाउनु सौभाग्य भएकाले जनकपुरको वातावरण सुन्दर र शान्त राख्न आग्रह गरे । 
भारतीय राष्ट्रपति मुखर्जीको यही १९ गते जनकपुरमा जानकी मन्दिरमा पूजाअर्चना र तिरहुतिया गाछीमा जनकपुर उपमहानगरपालिकाद्वारा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा स्थानीय विकासमन्त्री हितराज पाण्डे र सुरक्षा निकायका उच्च पदाधिकारी, भारतीय वाणिज्यदूत अञ्जु रञ्जन, परराष्ट्र मन्त्रालयका पदाधिकारीको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: