
- अर्थ सरोकार सम्वातदाता
काठमाण्डौ -औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एक प्रदेश एक औद्यौगिक क्षेत्र निर्माणका लागि सम्भाभ्यता अध्ययनको सुरुवात गरेको छ ।मुलुकमा औद्योगिक विकासगर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानका लागि अध्ययन थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक नन्दकिशोर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार,प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं ४ अन्तर्गत गोरखाको पालुङ्टार, च्याङ्लीफाटमा एक हजार २०० रोपनी जमिन उपयुक्त देखिएको छ ।
त्यस्तै,प्रदेश नं ६ अन्तर्गत सुर्खेतको बीरेन्द्रननगरमा एकहजार विगा जमिन पाइसकिइएको छ । औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा उपलब्ध गराई औद्योगिकग्राम स्थापना गरी सम्बन्धीत प्रदेशका लागि आवश्यक वस्तु उत्पादन तथा सम्भावित उद्योग स्थापनाका लागि ल्याइएको एक प्रदेश एक औद्यौगिक क्षेत्रको नीति महत्वपूर्ण भएको लिमिटेडका महाप्रवन्धक बस्नेतले जानकारी दिनुभयो ।
उहाँले देशभित्र स्थापना गरिएका औद्योगिक क्षेत्रको व्यवस्थापन पक्षलाई व्यवस्थित र एकीकृत रुपमा समन्वय र सम्पादन गर्न सो लिमिटेडले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
बाँकी प्रदेशमा पनि चाडो पूर्वाधारको विकासका लागि जमिनको खोजी तथा सम्भावित अध्ययन गरिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्