
- रोहन शर्मा
आइपीओ (IPO) खुल्यो साना तथा नयाँ लगानिकर्ता दङ्ग पर्दै बचतलाई लगानी गर्ने सोच बनाउँछन् । पक्कै पनि IPO मा घाटा त हुन्न । यही सोचका साथ फारम लिन संकलन केन्द्र पुग्दा त्यहाँका बरिष्ष्टदेखि सेक्युरिटी गार्डसम्मको ब्यवहारले अमीलो मुख बनाउँदै फर्कनुको बिकल्प छैन ।
“फारम हिजै सकियो ।”
“भोलि फोन गरेर आउनु ।”
“कतिबेला आउँछ ठेगान छैन ।”
अनि हत्त न पत्त फेसबुक फोरममा
“फलानो कम्पनीको आइपीओ फारम कहाँ पाईन्छ?” भनेर स्टाटस लेख्दा कतैबाट सही सुचना आउलाकि भन्ने आश गर्नुको बिकल्प हुँदैन।
पहुँच हुनेले त IPO खुल्नु ३ दिन पहिलेनै फारम पाएर भरेर तयार हुन्छन् । यतिसम्मकि उनीहरुले फारम बुझाउन लाईन पनि बस्नुपर्दैन।
यही मौका छोपी अहिले फारम भरिदिने र बुझाईदिने भनेर प्रति फारम २०० सम्म लिएर आइपीओंको ब्यापार गर्नेको जमात पनि देखिएको छ ।
तर अत्याधिक आवेदनको चापले ALLOTMENT मा पर्ने कुनै टुँगो छैन, अनि IPO पहिलेनै LOSS मा बबुरा लगानिकर्ता!
नियामक निकाय समक्ष केहि गुनासो;
- अनलाईन आवेदनको ब्यवस्था गरियोस् ।
- के फारम लगानिकर्ता आफैले छाप्नुपर्ने हो ?
- आवेदन अवधीमा एउटा डाटा प्रकाशित हुन्छ अनि दिन प्रतिदिन त्यो बढ्दै जान्छ । पहुँचका आधारमा हुने भित्री आवेदनलाई बन्द गरियिस् र साना लगानिकर्तालाई जुकाबाट बचाईयोस्।
- फारमनै बाँढ्ने हो भने गल्ली गल्लीमा खुलेका सपिङ मलमा पनि फारम पाउने ब्यवस्था गरियोस्, आखिर पैसै तिर्ने हो प्रती फारम रु.२ !
अन्त्यमा जती कुरा गरेपनि अन्तिम आशयचाहिं साना लगानीकर्ताको पहुँच बजारमा पुगोस् भन्नेनै हो। हेर्दा “सानो मुख ठुलो कुरा” देखियो तर अभिभावकको नाताले नियामक निकायले आफ्नो धर्म छाड्नु भएन!
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्