Skip to content
LAXMI SUNRISE BANK

मिसन परिवर्तन भएको छैन एमाले महासचिव पोखरेल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमालेले राष्ट्रिय मुद्दाहरुमा आफ्नो नीति परिवर्तन नगरेको बताएका छन्। सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले सरकारबाट बाहिरिएर प्रतिपक्षमा रहेपनि संविधान कार्यान्वयन लगायतका मुद्दामा नीति परिवर्तन नभएको बताए। 
हाम्रो मोर्चा बदलियो तर मिसन बदलिएको छैन उनले भने त्यो संविधान कार्यान्वयनको मिसिन होस् वा छिमेकीसँगको सम्बन्धमा होस्। विगतमा एमालेको नेतृत्वमा सरकार रहँदा ती मिसन कार्यान्वयनमा लागेको र अहिले सरकार बाहिर हुँदा नागरिकलाई ती विषय बुझाउन लागेको महासचिव पोखरेलले बताए । हिजो सरकारमा हुँदा यो मिसन कार्यान्वयन गर्थ्यौं उनले भनेआज जनतालाई बुझाउन लागेका छौं।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK