×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोटका एनजीओ र आइएनजीओको ‘कमाउधन्दा’ ! उस्तै छ बालबालिकाको दु:ख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जाजरकोटका एनजीओ र आइएनजीओको ‘कमाउधन्दा’ ! उस्तै छ बालबालिकाको दु:ख

८ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 

काठमाडौँ – अभावनै अभावको जिल्ला भनेर चिनिएको जाजरकोटमा बालबालिकाको शिक्षाको लागि भन्दै थुप्रै एनजीओ र आइएनजीओहरु काम गरिरहेका छन् । तर यी एनजीओ र आइएनजीओको काम कागजमा मात्र सिमित भएको छ । जिल्लाका बालबालिकाहरु अझै पनि गीटी कुटेर आफ्नो जिविका पार्जन गरिरहेका छन् ।
अधिकांस बालबालिका स्कुल जाँदैनन्, जानेहरुपानी नियमित छैनन् :
जाजरकोट जिल्लामा रहेका बालबालिकाहरुमध्ये अधिकासं स्कुल जाँदैनन् । स्कुलमा भर्ना भएकाहरुमध्ये पनि अधिकांस नियमित रुपमा स्कुल जाने नगरेको स्थानीयहरु बताउँछन् । के बालक, के बालिका गिटी कुटेर खानु पर्ने सबैको बाध्यता छ । अझ सदरमुकाम छेउकै कतिपय विद्यार्थीहरु समेत शिक्षाको ज्योतिबाट बन्चित हुनुपरेको छ ।
समस्या ज्यूँका त्यूँ, मोटाउंदै एनजीओ सञ्चालकहरु :
यता ती बालबालिकाका लागि भन्दै बर्षेनि करोडौं रुपैयाँ निकासा हुने गरेको छ । ‘रकम थुप्रै आउँछ । तर सबै संस्थाले कागज मिलाएर खान्छन् ।’ एक स्थानीयले अर्थ सरोकार डटकमलाई  बताए । यसरी फष्टाएको एनजीओको कमाउ धन्दाले एकातर्फ दातृ निकायको रकम सकिएको छ भने अर्कोतर्फ बालबालिकाहरुको समस्या भने ज्यूँ का त्यूँ छ । यहि बहानामा एनजीओ चलाउनेहरु भने मोटाइरहेका  छन् । 
यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी