Skip to content
LAXMI SUNRISE BANK

कालो मोसो दलेको अभियोगमा जानकी मन्दिरका महन्थलाई पाँच हजार जरिवाना

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – जनकपुरका तत्कालीन गुठी प्रमुख दीपक पाण्डेलाई कालो मोसो दलेको अभियोगमा जिल्ला अदालत धनुषाले जानकी मन्दिरका महन्थ राम तपेस्वर दासलाई दोषी ठहर गरेको छ। शुक्रबार जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायाधीश केशवप्रसाद अधिकारीले महन्थ राम तपेश्वर दास वैष्णवलाई दोषी ठहर गर्दै ५ हजार जरिवानाको फैसला सुनाएको हो। त्यस्तै क्षतिपूर्ति बापत पीडितलाई २५ हजार रुपैयाँ भराउन पनि आदेश दिएको छ। 
२०७० साल माघ १७ गते जानकी मन्दिरको विवाद प्रकरणमा तत्कालिन जनकपुरका गुठी प्रमुख पाण्डेलाई कालोमोसो दलिएको थियो। केन्द्रीय गूठी संस्थानका तत्कालीन अध्यक्ष तथा प्रशासक पञ्च लाल महर्जनले जानकी मन्दिरका महन्थ राम तपेस्वर दासलाई बर्खास्त गरी जगदीश दासलाई नियुक्ति गरेपछि विवाद चुलिएको थियो। विवादको क्रममा केही व्यक्तिहरुले २०७० साल माघ २३ गते दिन गूठी प्रमुख पाण्डेलाई कार्यालयमै पुगि कालो मोसो दलेका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK