
- अर्थसरोकर सम्बातदाता
माओवादी केन्द्रको संसदीय दलको बैठकमा उर्जामन्त्री जर्नादन शर्माले माओवादीकै सांसदहरुबाट झण्डै चुटाई भेटेका थिए । माओवादी केन्द्र सम्बद्ध एक जना सांसदका अनुसार ‘हिजो बिहिबार दिँउसो तीन बजे सिंहदरबार स्थित संसदीय दलको कार्यलयमा बसेको बैठकमा आफूहरुलाई झुक्काएर हस्ताक्षर गराएको भन्दै अधिकांश सांसदहरु जर्नादन शर्मा विरुद्ध खनिएका थिए ।
‘अध्यक्ष प्रचण्ड त्यहाँ नभएको भए शर्मा माथि आक्रमण नै हुनसक्थ्यो ।’स्रोतले भन्यो । उर्जामन्त्री जर्नादन शर्माले माओवादी केन्द्रका सांसदहरुलाई आफ्नो जिल्लामा आवश्यक पर्ने बिजुलीको पोल, तार,ट्रान्समिटर माग गर्न भन्दै ४८ जना सांसदहरुलाई हस्ताक्षर गर्न लगाइएको थियो ।
‘तर त्यही हस्ताक्षर नै लोकमान सिंह कार्की विरुद्ध महाभियोग दर्ता गर्न प्रयोग गरिएछ । ’ ती नेताले भने ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध बुधबार संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा उर्जामन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत थाहा नदिइ माओवादी सांसदहरुलाई हस्ताक्षर गराएको रहस्य हिजै मात्र संसदीय दलको बैठकमा खुलेको हो ।
स्रोतका अनुसार बैठकमा दाहाल आक्रामक रुपमा खुलेर प्रस्तुत भएका थिए। उनले आफु पहिलो पटक प्रधानमन्त्री हुँदा घटेको कट्वाल काण्डसँग तुलना गर्दै लोकमान प्रकरण पनि त्यस्तै गम्भिर रहेको र सरकार समेत ढल्न सक्ने संकेत बैठकमा गरे। ‘कट्वाल काण्डमा आफैँले सोचेर कदम चालेको थिएँ, अहिले त पार्टीका साथीहरु नै मेरो विरुद्धमा गएछन् भन्ने लाग्यो’, दाहालले भने।
एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याउन उर्जामन्त्री शर्मा माओवादी सांसद महेन्द्र शाही र अमनलाल मोदीको साथ लिएर सक्रिय भएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्