×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको कोठामा धुरुधुरु रोए जनार्दन शर्मा ‘प्रभाकर’……

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्डको कोठामा धुरुधुरु रोए जनार्दन शर्मा ‘प्रभाकर’……

९ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लडाकु शिविर घोटाला काण्डमा अर्बाै हिनामिना गरेको आरोप खेपिरहेकाछन उर्जामन्त्री जर्नादन शार्मले । यही कारण हुनसक्छ लोकमान विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनेमा सबैभन्दा बढी सक्रिय उनै प्रभाकर देखिए । उनले कतिसम्म गरे भने एउटा प्रायोजनका लागि भन्दै सांसदहरुलाई हस्ताक्षर गराई सो को दुरुपयोग गरी लोकमान विरुद्ध माहाभियोगका हस्ताक्षरकर्ता बनाए ।
उर्जामन्त्री शर्माले एमाओवादी केन्द्रका सभासदहरुलाई आफ्नो मन्त्रालयअन्र्तगत विजुली पोलको लागी भन्दै हस्ताक्षर गरेर पार्टी अध्यक्षलाई समेत नसोधी एमालेसंग मिलेर महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
माओवादी केन्द्रको शनिवार बसेको केन्द्रिय कार्यालय वैठकमा पनि अधिकाशं नेताहरुले शर्माले पटक–पटक अराजक काम गरेको भन्दै कार्वाही गर्नुपर्ने धारणा राखेका थिए ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा उर्जामन्त्री समेत रहेका पार्टीका नेता जनार्दन शर्मालाई अनुशासनको कार्वाही गर्न माग उठेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गुमराहमा पारी आफ्नै पार्टीका सभासदहरुको हस्ताक्षर समेत दुरुपयोग गरेको भन्दै उनलाई पार्टी्भित्र कार्वाही माग भएको हो ।
केन्द्रिय कार्यालयको वैठकमा पुर्व संचारमन्त्री समेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाले मन्त्री शर्माले पार्टीका सभासदहरुको हस्ताक्षर दुरुपयोग गरेको र पार्टी अध्यक्षलाई समेत नसोधी अराजक काम गरेकाले उनलाई तत्काल कार्वाही गर्न माग गरेका थिए ।
पार्टीका वरिष्ट नेताहरु कृष्णबहादुर महरा,रामबहादुर थापा, शक्ति वस्नेत,देव गुरुङ,टोपवहादुर रायामाझि,मणी थापा र अग्नी सापकोटालगायतले शर्माले अराजक काम गरेको धारणा राखेका थिए ।
पार्टीमा सवै नेताले विरोध गरेपछि उर्जामन्त्री शर्माले आफ्नो हातवाट गम्भिर गल्ती भएको भन्दै बैठकमा माफि समेत मागे्का थिए । उनले कार्कीलाई कार्वाही गर्नुपर्ने पार्टी निति भएको र आफुले पनि त्यहीअनुसार काम गरेको भएपनि हस्ताक्षरमा प्राविधिक त्रुटी भएको बैठकमा स्विकार गरेका थिए । यसअघि उनले पार्टी अध्यक्ष प्रचण्डसंग आफ्नो हातवाट गम्भिर गल्ती भएको भन्दै धुरु धुरु रोएको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।

  • एस काठमाडौं 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी