×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैङ्कले मङसिर १ बाट २ः१ हकप्रद शेयर निष्काशन गर्ने,

GLOBAL IME BANK

जनता बैङ्कले मङसिर १ बाट २ः१ हकप्रद शेयर निष्काशन गर्ने,

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं –  जनता  बैङ्क नेपाल लिमिटेडले २ बराबर १ (२ः१०) अनुपातमा मङ्सिर  १ गते देखि पुस ५ गते सम्म हकप्रद शेयर निष्काशन गर्ने तयारी गर्दै छ । कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको १ करोड ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

दोस्रो बजारमा बुधबार रू। ३ सय ८४ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू। १ सय अङ्कित दरमा खरीद गर्न पाइने छ । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैङ्किङ लिमिटेडमा आवेदन दिन सकिन्छ । साथै जनता बैङ्कका सम्पूर्ण शाखाहरुबाट र उपत्यका भित्र न्यूरोड , नयाँबानेश्वर , कलङ्की, कुमारीपाटी र भक्तपुरबाट दरखास्त दिन पाइनेछ भने उपत्यका बाहिरका लागि पोखरा, वीरगञ्ज बुटुवल नारायणगढ इटहरी , भैरहवाबाट आवेदन दिन सकिन्छ । कम्पनीको हकप्रद शेयर निष्कासनपछि चुक्तापूँजी रू। ३ अर्व ९ करोड पुग्नेछ ।

जनता बैङ्क नेपालकोे असार मसान्तसम्म खुद मुनाफा २ गुणाले बढेर रू। ३२ करोड ५३ लाख पुगेको छ । कम्पनकिो प्रति शेयर नेटवर्थ १ सय ३० दशमलव २४ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: