
- अर्थ सरोकार सम्बाददाता
नयाँ नेतृत्व चयनका लागि निर्वाचनबाट मात्र सम्भव भएको भन्दै निर्वाचनका लागि उनीहरुले अन्तिमसम्म प्रयास गरेका थिए । तर पार्टीले हस्तक्षेप गरी पत्रकारितामा सक्रिय नरहेका दाहाललाई अध्यक्ष बनाएपछि अधिकांश चिनिएका अनुहार केन्द्रीय समितिबाट बाहिरिएका छन् ।
स्रोतका अनुसार स्थापनाकालदेखिकै सक्रिय पूर्वमन्त्री अग्नी सापकोटाका पुत्र दीपक सापकोटाले केन्द्रीय समितिमा बस्न इन्कार गरेका छन ।दीपक नयाँ नेतृत्व नभएसम्म संगठन गतिशिल हुँदैन भन्ने मध्येका एक थिए । त्यस्तै समितिमा बस्न इन्कार गर्नेका अर्को माओवादी युद्धकाल देखि पत्रकारिता गर्दै आएका दीपेन्द्र रोकाया समेत छन । उनी समेत संगठनबाट बाहिरिएका छन् ।
त्यस्तै युद्धकालिन रेडियोमा कमाण्ड सम्हालेका सन्तोष पौडेल, व्यवसायिकरुपमा अघि बढेका माओवादीवृत्तका पत्रकार दयानीधि भट्ट,पत्रकार महासंघकी सचिव एंव माओवादीवृत्तकी सबैभन्दा उचाइमा रहेकी महिला पत्रकार संगिता खड्काले पनि प्रेस सेन्टरको केन्द्रीय समितिबाट बिदा लिएकी छिन् ।
यता,सबैभन्दा कडा प्रतिक्रिया प्रचण्ड निकट रही काम गर्दै आएका वाइसिएलका नेता रामप्रसाद सापकोटा दीपशिखाले दिएका छन् । उनले कमाण्डरलाई नाङ्गो बनाउन सहयोग नगर्ने भन्दै प्रचण्डप्रति कडा कटाक्ष गरेका छन् ।
उनले पार्टीलाई एक नम्बर बनाउने प्रचण्डको घोषणा र व्यवहारमा तालमेल नमिलेको पनि स्पष्ट गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्