×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेलीको आइपीओमा खुल्यो तिस लाख कित्ताको शेयर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण काबेलीको आइपीओमा खुल्यो तिस लाख कित्ताको शेयर

६ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बातादाता 

 पाँचथर र  ताप्लेजुघको आयोजना प्रभावित स्थानिय बासिन्दालाई  १५ लाख कित्ता शेयर बिवरण गरि सकेको आयोजनाले आर्थिक वर्ष ७३ ७४ मा पिपि ए सक्ने लक्ष्यका साथ सम्झौता भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि आगामी कात्तिक ९ गतेदेखि  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन आइपीओ गर्ने भएको छ । कात्तिक ९ गतेदेखि इच्छुक लगानीकर्ताले एसी पे चेकमार्फत अरुण काबेलीको आइपीओका लागि आवेदन दिन सक्नेछन् । 
अरुण काबेलीले १ सय रुपैयाँ अंकित मूल्यको आइपीओ छिटोमा कात्तिक १२ गतेभित्र र त्यसबेलासम्म पनि माग अनुसारको आवेदन नपरे ढिलोमा २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । 
लगानीकर्ताले प्रतिकित्ता  न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । इक्रा नेपालले अरुण काबेलीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था सन्तोषजनक नरहेको भन्ने हो । आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने बताइएको छ । 
सिद्धार्थ क्यापिटलका अनुसार कुल निश्कासनहुनेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा भएर बग्ने कावेली नदीमा २५ मेगावाटको कावेली बी–१ परियोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट १६ करोड रुपैयाँका दरले चार अर्ब रुपैयाँमा निर्माण पूरा गर्ने कम्पनीले जनाएको छ ।
आइपिओ बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा त्यसपछि संस्थापक समूहको ७० आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ । 
कम्पनीका एक अधिकारीका अनुसार आयोजना निर्माणकै क्रममा रहेको हुँदा प्रतिफलका लागि भने लगानीकर्ताले केही समय कुर्नु पर्ने हुन्छ ।
कहाँ–कहाँबाट दिन सकिने छ  आवेदन  :-
अरुण काबेलीको आइपीओका लागि सिद्धार्थ क्यापिटलको कार्यालय, थापाथलीको ट्रेड टावर स्थित अरुण कावेलीको कार्यालय र सिद्धार्थ बैंकका सबै शाखाबाट आवेदन भर्न सकिन्छ । 
१ . सिद्धार्थ क्यापिटल लिमीटेड, सम्पर्क व्यक्ति(सविन बुढाथोकी, सम्पर्क स् ०१(४२२६७९३
२.  अरुण काबेली पावर लिमीटेड, टेड टावर नेपाल, थापाथली काठमाण्डौ । सम्पर्क व्यक्ति(सिर्जना खड्का,    सम्पर्क फोन ०१(५१११०८५
३.  सिद्धार्थ बैंकका उपत्यकाभित्र र बाहिरका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति(विञ्जल श्रेष्ठ । सम्पर्क    फोन स् ०१(४४४२९१९, ४४४२९२०
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी